Wednesday, 06 May 2026

ब्रिटानिया नेपालमा मजदुर हड्ताल

Must read

अनिल तिवारी
वीरगंज
बहुराष्ट्रिय बिस्कुट उद्योग ब्रिटानिया नेपाल प्रालिमा पुनः मजदुर हड्ताल शुरु भएको छ । वीरगंज(२१ लिपनीविर्तामा रहेको उद्योग परिसरमा विगत १० दिनदेखि मजदुरहरुद्धारा धर्ना प्रदर्शन गरिएको छ । उद्योग व्यवस्थापनले १२ जना स्थायी मजदुरलाई कामबाट निकाले पछि पुनर्बहालीको माग गर्दै आफुहरु आन्दोलनमा ओर्लेको बताए ।मजदुरहरुको आन्दोलनका कारण उधोगको सबै उत्पादन रोकिएको छ ।
कांग्रेस निकट कारखाना श्रमिक संघ इकाई अध्यक्ष राजेश्वर महतो कोइरीका अनुसार उद्योगले निराधार आरोप लगाउँदै स्थायी मजदुर सुनेश महतो तात्वा, रवीन्द्र दास, वीरेन्द्र महतो, अजिज मियाँ, हसरोद्दीन देवान, कमोदकुमार यादव, लालबाबु महरा, सुनिल साह, श्रीकान्त पटेल, सुशील पटेल, रामकिशोर पटेल र पप्पु साह कलवारलगायत १२ जनालाई कामबाट हटाएको छ । उधोग व्यवस्थापन पछले श्रमऐन अनुसार उधोगका अुनशासन तोडदै लगत गतिविधि गरेकोले उनीहरुलाई हटाइएको जनाएको छ ।
हडतालको कारण उत्पादन,निकासी पैठारीसमेत प्रभावित भएको छ । यता, मजदुरहरुका अनुसार गत कात्तिक २२ गते मजदुरहरुले उद्योगमा बन्द हडताल गरेको सूचनामा उल्लेख भए पनि त्यो दिन सार्वजनिक विदा अर्थात शनिबार भएको र यस्तै धेरै झुटो आरोप व्यवस्थापले लगाएको बताएका छन् ।
कारखाना प्रबन्धक प्रबोध खेरका अनुसार हरेक समय उद्योगको बदनामी गर्न मजदुरहरुले बन्द हड्ताल गर्ने गरेको दाबी गरे । निकालिएका मजदुरहरुको सम्बन्धमा कुनै सम्झौता नगर्ने कम्पनीको रणनीति रहेको उनले बताए ।उनले भने,‘उद्योगमा राजनीति गर्ने र विभिन्न खराब आचरण गर्ने मजदुरलाई निकालिएको छ। उनीहरु अदालती बाटोबाट आफ्नो हक अधिकार खोजुन्, उद्योग ठप्प पारी आन्दोलनको कुनै अर्थ छैन।’उद्योगले १२ जनालाई उद्योगबाट हटाएकोमा ३५ दिनभित्र श्रम अदालतमा पुनरावेदन गर्न पाउने छन्। ब्रिटानिया नेपाल प्रालिले गुड डे, टाइगर क्रन्च, डाइजेस्टिभ र म्यारी गोल्डलगायत बिस्कुटहरु उत्पादन गर्दै आएको छ।डेढ वर्ष पहिले एक अर्ब १३ करोडमा स्थापना भएको उद्योगमा भारतको वाडिया समूहको लगानी छ। यो उद्योग शुरुमा बाराको सिमरामा स्थापना भएको थियो। त्यहाँ उद्योग बिस्तारका लागि जग्गा नपाएकाले लिपनी बिर्ता सरेको हो। वीरगंजका उद्योगी अशोक वैद्यले करिब अढाई विघा जग्गा बेचेपछि त्यहाँ कम्पनी स्थापना भएको थियो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article