Wednesday, 06 May 2026

पार्टि भित्र कोइपनि सुप्रिमो छैन–पूर्वप्रम माधव नेपाल

Must read

अनिल तिवारी
वीरगंज,मंसिर १०
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र सुप्रिमो नबन्न प्रधानमन्त्री केपि ओलीलाई चेतावनी दिएका छन् ।पार्टि विधि र विधानबाट चलने भएकोले विधि मिच्ने जोकोइलाई पनि साइड लगाइने नेता नेपालले धारणा व्यक्त गरे । निजामती कर्मचारी संगठन पर्साको नवनिर्मित भवनको उदघाटन गर्दै नेकपाका वरिष्ठ नेता नेपालले पार्टि भित्रको विवादको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री केपि ओलीलाई लक्षित गर्दै भने, ‘नो बडी इज सुप्रिम इन पार्टी, पार्टीमा कोही पनि सबोच्च हुदैन,पार्टी विधि विधानमा चल्नुपर्छ ,मलाई कुर्सि ताक्यो भने कुर्सिनै भ्याचि दिन्छु भन्ने व्यक्ति पार्टिबाट समाप्त भएर जान्छ ।”

????????????????????????????????????

पार्टिमा कोइपनि महामहिन नभएको बताउदै नेता नेपालले भने,‘मलाई केहि गर्यो भयो भने यहि गरि दिन्छु,भन्ने खालको ध्वंसात्मक मांसिक्तबाट माथी उठनु पर्दछ ’। सधै सत्ता कुर्सिमा बस्ने धारणलाई त्यागेर हामि भन्ने चिन्तनबाट सबै समस्याका समाधान हुने नेता नेपालको भनाइ थियो । नेकपा दोस्रो पुस्ताको नेताहरूको बलमा एकीकरण भएको बताउदै पुर्व प्रधानमन्त्री नेपालले विधि विधानका जगमा बनेकोले पार्टीभित्र सुशासन कायम गरेर देश विकास गर्न जनताले अभिमत दिएको चर्चा गर्दै समाजवादको न्यूनतम विशेषता न्यायमा आधारित विकास हो, त्यसप्रति पार्टी जिम्मेवार रहेको बताए ।

????????????????????????????????????

जिल्ला समन्वय समिति, पर्साअगाडि रू ३६ लाखको लागतमा निर्माण भएको दुई तले भवनको उद्घाटन गरेपछि उनले कर्मचारीहरूको सवालमा कुरा गर्दै आजको दिनमा विना पैसा कर्मचारीहरूले काम नगर्ने गरेको छाप जनतामा परेको र त्यो विकृतिलाई हटाउन निजामती कर्मचारीहरूले इमानदारीसाथ जनताको काम गर्न अग्रसर हुनुपर्ने सुझाव दिए ।उनले सामाजिक न्यायको सिद्धान्तमा देशलाई समृद्धितर्पm डो¥याउन र नयाँ नेपालको परिकल्पनास्वरूप भ्रष्टाचारीहरूलाई तह लगाउन राज्यले प्रणाली विकसित गर्नुपर्ने बताए । नेता नेपालले देशका दुश्मन नेता, कर्मचारी, ठेकेदार,डाँका, बलात्कारी, भ्रष्टाचारी जोकोही भएपनि कडाभन्दा कडा सजाय दिनुपर्ने सरकारको नीति र नैतिकता हुनुपर्ने बताए ।अपराधी कसेको नातेदार र राज्यको कर्मचारी हुनु हुदैन ।नेता नेपालले प्रधानमन्त्री भएर पनि कतिपय ठाउँमा पैसा नदिएपछि कर्मचारीले काम गर्दैनन्, यस्तो अवस्थामा देश विकास सम्भव नहुने बताए ।

????????????????????????????????????

देशमा सुशासन र सेवा प्रभावकारी बनाउन ‘आप भला तो सब भला’ भन्ने हिन्दी उखानजस्तै अगाडि बढ्नुपर्ने धारणा राखे । देशमा निर्माण क्ष्ँेत्रको कामलाई प्रभावकारी बनाउन ठेकेदारहरूलाई काम गरेपछि मात्र भुक्तानी दिने प्रणाली लागू गर्नुपर्छ र कर्मचारीको सरूवालाई व्यवस्थापन गर्न आधुनिक किसिमको सङ्घीय निजामती ऐन ल्याउनुपर्ने बताए । निजामती कर्मचारी संगठन, पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षता र सचिव सन्तोष यादवको सहजीकरणमा भएको कार्यक्रममा नेकपानिकट आधिकारिक टे«ड युनियनका अध्यक्ष भोलानाथ पोखरेल,निजामति कर्मचारी संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला,महासचिव रेवत गौतम, पूर्व केन्दीय संगठन अध्यक्ष मोहनकुमार घिमिरे, संगठन प्रदेश २ इन्चार्ज नौत्तम पोखरेल, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, कर्मचारी संगठनका केन्द्रीय सदस्य मन्जुलता कुशवाहा, जयकान्त झा, नेकपा प्रदेश २ का सहअध्यक्ष नागेन्द्र चौधरी, नेकपा पर्सा संयोजक प्रभु हजरा, जगरनाथपुर गापाका अध्यक्ष जालीम मियाँ लगायतको सहभागिता थियो । कार्यक्रममा निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष सुब्दार प्रसाद यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article