Wednesday, 06 May 2026

बुबाको साथीबाट बालिका बलत्कृत

Must read

 

बीरगंज महानगरपालिकाको वडा नं २ छपकैयामा ११ वर्षिया बालिका आफनै बुबाको साथीबाट बलात्कृत भएकी छिन ।बलात्कार आारोपी भारत बिहार राज्यको पूर्वी  चम्पारणका स्थायी बासिन्दा ३६ वर्षिय नेहाल मियालाई पर्सा प्रहरीले शनीवार छपकैयाबाट  पक्राउ गरेको छ । शुक्रवार बेलुका १० बजे मियाले बालिकाको घरमै गएर बालिकालाई बलात्कार गरेका थिए ।बलात्कार गरेर फरार रहेका मियाँलाई प्रहरीले पक्राउ गरेर आइतबार  पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धानकालागि न्यायीक हिरासतमा राख्ने छ। वीरगञ्जमा कोठा खोज्न आएका मियाँ बालिकाको घरमा पाहुन बनेर बसेका थिए । शुक्रवार राती उनले बालिकालाइृ बलात्कार गरेका थिए ।बालिकाले प्रतिवाद गरेर चिच्याएपछि उनी फरार भएका थिए ।  पीडित बालिकाको परिवार पनि भारत बिहारको पूर्वी चम्पारणका स्थायी बासिन्दा हुन । उनीहरु पनि बीरगंजमा रोजगारीको सिलसिलामा डेरामा बस्दै आएका हुन । फरार रहेका मियाँलाई प्रहरीले पक्राउ प्रहरीले अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रहरी नायव उपरिक्षक मनोजीत कुँवरले जानकारी दिनु भयो ।सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भएपनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएको  उहाँले बताउनु भयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article