Wednesday, 06 May 2026

भारतले प्रदान गरेको कोरोना खोप अभियानको मुख्यमन्त्री गद्दीले उदघाटन

Must read

अनिल तिवारी
वीरगन्ज,माघ १४ ः
छिमेकि मित्रराष्ट्र भारतले नेपाललाई नेपाललाई सहयोग स्वरुप प्रदान गरेको १० लाख डोज खोपको लगाउने अभियान आजबाट सुरु भएको छ ।प्रदेश नम्बर २मा तिन ठाउबाट सुरु गरिएको उक्त अभियानको आज वीरगन्जमा मुख्यमन्त्री लालबाबु राउत गद्दीले उदघाटन गर्नुभएको छ ।कोरोना भ्यासिन अभियान कार्यक्रमको उदघानमा बोल्दै मुख्यमन्त्री गदीले पुरा विश्वनै कारोना रोगबाट आक्रांत रहेको संकटको घटीमा भारतले नेपाललाई भ्यासिन प्रदान गरेर अतुलनीय सहयोग गरेको बताए ।चुनौतिपुर अवस्थामा भारतले छिमेकि मुलुकहरुलाई भ्याकसिन सहयोग गरेर दुबै देशबिचको सम्बन्ध झन प्रगाढ भएको बताउदै उनले भारतको नेपाल प्रतिको भूमिका एउटा छिमेकि भन्दा पनि असल हितैसीको रुपमा रहेको बताए । कारोनाका महामारीमा फ्रन्टलाईमा काम गर्दै आएका स्वास्थ्य कर्मि,सुरक्षा कर्मि लगायतकायोद्धाहरु लगशिलतालाई प्रशन्सा गर्दै धन्यवाद व्यक्त गरेका थिए । कारोना विरुद्धको खोप नारायणी अस्पतालका स्वस्थ्यकर्मी हेमा थापालाई लगाउदै अभियानको शुभारम्भ गरिएको थियो ।कार्यक्रममा सांसद प्रदीप यादव ,वीरगन्ज महावाणिज्यदुत नितेश कुमार,राजनैतिक कन्सुलर शैलेन्द्र कुमार वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगी, प्रदेश सभासदस्य जनत अन्सारी,करिमा बेगम, भिमा यादव प्रमुख जिल्ला अधिारी आस्मान तमाङ लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।
यसैगरी प्रदेश २ को केन्द्र जनकपुरधाम र सप्तरीको राजविराज गरि तत्काल तिन ठाँउहरुबाट खोप लगाउन अभियान आजबाट सुरु गरिएको छ । अस्थाई राजधानी जनकपुरधाममा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव तथा सप्तरीको राजविराजमा समाजिक विकास मन्त्री नवल किशोर साहले खोप अभियानको समुदघाटन गरेका छन् ।     जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सर्व प्रथम आफै खोप लगाएर अभियानको समुदघाटन गरेका छन् । पुर्व खेलाडी समेत रहेका यादवले खोप मानवजातीको हितमा रहेको र आफु दैनिक संयौंको सम्पर्कमा आउने गरेकाले खोप लगाएर जनताबिच भइलाइएको भय त्रास कम गर्न चाहेको बताए । उनले खोप सहयोग गरेर भारत सरकारले असल मित्रको जिम्मेवारी निभाएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । आजबाट सुरुगरिएको प्रथम चरणको खोप अभियानमा कोरोनाका फ्रन्टलाइनरहरु स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी सहित ७० वर्ष उमेर कटेका जेष्ठ नागरिकहरुलाई लगाईने प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले बताए । यद्यपि प्रदेश २ का मन्त्रीले नै खोप लगाएपछि झनै डर भय त्रासको वातावरण कम हुने उनले बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article