Sunday, 03 May 2026

‘नेकपा सचिवालय सदस्यमा दुई महिला थपिएछन्, चिनियाँ राजदूत र राष्ट्रपति’ : कांग्रेस नेता खतिवडा

Must read

काठमाडौं , मंसिर ३  बुधबार,

नेकपा विवाद चलिरहेको र यसलाई समाधान गर्न भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएका छन् । उनीहरुको यस्तो सक्रियता देखिएपछि नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ‘दुई माता जता लाग्यो उतै बहुमत हुने’ भन्दै व्यंग्य गरेका छन् । उनले नेकपा सचिवालय सदस्यमा दुई महिला थपिएको भन्दै व्यङ्ग्यसमेत गरेका हुन् ।सामाजिक संजाल ट्वीटरमा खतिवडाले नेकपाको सर्वोच्च नेता चीनका राजदूत र दोस्रो नेता राष्ट्रपति हुन कि जस्तो आभाष भएको पनि बताएका छन् ।

‘नेकपा भन्ने पार्टीको सर्वोच्च नेता यी चीनको राजदूत हुन जस्तो लाग्न थाल्यो । दोस्रो नेता राष्ट्रपति ।’ खतिवडाले ट्वीटमा भनेका छन्, ‘अरु नेता कार्यकर्ता यीनैका आदेशमा चल्ने हुन् जस्तो अहिलेको भेटघाटबाट बुझिदैछ। उनले भारतीय ‘रअ’ प्रमुखले राति भेटेको समाचारपछि चीनको राजदूत पनि प्रधानमन्त्रीलाई भेट्न् रातिनै जानु पर्ने ? भन्दै प्रश्न पनि गरेका छन्।‘नेकपा सचिवालय सदस्यमा दुई महिला थपिएको समाचार छ ।’ खतिवडाको ट्वीटमा लेखिएकाे छ, ‘दुर्गा माता र लक्ष्मी माता, ती दुई माता जता लाग्यो उतै बहुमत हुने ।’चिनियाँ राजदूतले मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नेकपा विवादमा चासो राख्दै आएकी छिन् ।साभार केन्द्रबिन्दु

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article