Thursday, 07 May 2026

चिनियाँ निती र राष्ट्रपति सीको नियत उदांगियो !

Must read

काठमाडौं । चीनमा कोरोना भाइरसबारे रिपोर्टिङ गर्दा पत्रकारलाई जेल सजाय भएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण पहिलो पटक वुहानमा नै देखिएको थियो । सोही कोरोना प्रकोपलाई लिएर वुहान शहरको बारेमा रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारले पाँच वर्षको जेल सजाय भोगिरहेको भर्खरै सार्वजनिक भएको दस्तावेजले जनाएको हो । गएको मे महिनामा पक्राउ गरिएपछि ३७ वर्षीया झाङ्ग झानलाई नजरबन्दमा राखिएको बीबीसीमा उल्लेख छ । उनीमाथि ‘विवाद उठाउने र भड्काउने’ आरोप लगाइएको छ, यो आरोप प्रायः चीनका अभियानकर्तामाथि लगाइँदै आइएको छ ।  भाइरसलाई लिएर वुहानको रिर्पोटिङ गर्दा समस्यमा परेकी झाङ्ग पहिलो नागरिक होइनन् । फेब्रुअरीमा कम्तीमा तीन जना हराएका छन् । तीमध्ये एक, ली जेहुआ, जसलाई अप्रिलमा क्वरेण्टीनमा रहेको भनिएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article