Tuesday, 05 May 2026

तीन वर्षसम्म नचलाए बैंक खाता निश्क्रिय हुने

Must read

बैंकहरुमा खोलिएको बचत खाताबाट तीन वर्षसम्म कुनै कारोबार नभए निश्क्रिय हुने भएको छ। राष्ट्र बैंकले बैंकहरुको आग्रहमा बचत खाताको निश्क्रिय अवधि बढाएको हो। यसअघि ६ महिनासम्म कुनै कारोबार नभएको बचत खाता स्वतः निश्क्रिय हुँदै आएको थियो।

त्यस्तै चल्ती र कल निक्षेप खातामा भने ६ महिनासम्म कारोबार नभएमा निश्क्रिय हुने भएको छ। निश्क्रिय खातालाई पुनः सक्रिय बनाउन बैंकमै गएर आवश्यक प्रक्रिया पुर्याउनुपर्नेछ।

बैंकहरुले विभिन्न आकर्षक अफरहरु ल्याएर ग्राहक संख्या बढाउनेतर्फ लाग्दा एउटै व्यक्ति तथा संस्थाले धेरै बैंकमा खाता खोल्ने गरेका छन्। धेरै बैंकमा खाता खोले पनि नियमित कारोबार भने एउटा वा दुईटामा मात्रै हुने गरेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार देशभरका बैंक तथा वित्तीय संस्थामा पुस मसान्तसम्म २ करोड २० लाख बचत खाता खोलिएका छन्। जसमध्ये ४४ लाख ५० हजार बचत खाता निश्क्रिय छन्।

खाता संख्याका आधारमा बचत खाता धेरै रहे पनि संकलन भएको रकमका आधारमा भने मुद्दती निक्षेपको हिस्सा सबैभन्दा उच्च छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ मसान्तसम्म कुल निक्षेपमा मुद्दती खाताको हिस्सा ४७. ७ प्रतिशत रहेको छ। त्यस्तै चल्ती खाताको ८.७, बचत खाताको ३३. ५ र अन्यको १०. २ प्रतिशत हिस्सा छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article