जनकपुर-जयनगरमा एसीसहितका रेल कुद्ने

0
510

काठमाडौं, चैत ८ नेपालले ८५ करोड रूपैयाँ खर्चेर दुई वटा रेल किन्ने भएको छ। जनकपुरदेखि भारतको जयनगर रूटमा चलाउनका लागि रेल विभागले दुई वटा डेमु रेल किन्न लागेको हो। मन्त्रिपरिषद्को चैत ४ गतेको बैठकले भारत सरकारसँग रेल किन्न विभागलाई स्वीकृति दिएको छ। विभागले भारतलबाट डेमु रेल किन्ने निर्णय गरेको छ। रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार खरिद सम्झौतामा हस्ताक्षर गर्न केही दिनभित्रै भारतीय अधिकारी काठमाडौं आउँदैछन्। भारतीय रेल मन्त्रालयले सम्झौताको तीन महिनाभित्र नेपाललाई डेमु रेल दिन सक्ने बताएको छ। यो रेल बनाउने फ्याक्ट्री भारतको मदरासमा छ। ‘नयाँ अर्डर गरेर बनाउन त समय लाग्छ। हामीले उहाँहरूले बनाइरहेका रेल जतिसक्दो छिटो दिन अनुरोध गरेका छौं,’ मिश्रले भने। मिश्रका अनुसार जनकपुरजयनगर रूटमा चल्ने उक्त रेलमा दुबैतर्फ इन्जिन हुन्छन्। जुन डिजेलबाट निकालिएको बिजुलीबाट चल्छन्। यो रेल सोलारबाट पनि चल्न सक्छ। प्रतिघन्टा १०० किलोमिटरको गतिमा कुद्ने उक्त रेलमा १२ सय यात्रु अटाउँछन्।  रेलमा पाँच वटा डिब्बा (कोचहुन्छन्। ‘एउटा कोचमा झन्डै सय जनाको सिट हुन्छ। थप डेढ सय यात्रु उभिन सक्छन्,’मिश्रले भने, ‘भिआइपी यात्रुका लागि एउटा कोच वातानुकुलीत (एसी पनि हुन्छ।’ उनले रेलमा नेपाली राष्ट्रियता झल्किने गरी पेन्टिङ र चित्रहरू कोरिने बताए। ‘सम्झौता भएपछि नेपाली राष्ट्रियता झल्कने रङ र चित्रहरू टुंगो लगएर पेन्टिङ गर्न भन्छौं,’ मिश्रले भने। रेल सुरूमा कम्पनीका मानिसहरूले आएर सञ्चालन गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here