Thursday, 07 May 2026

मधेस आन्दोलनको क्रममा शहाद प्राप्त गरेका विर शहिदहरु नाममा वीरगन्जमा दिप प्रज्वलीत

Must read

वीरगन्ज, १५ भदौ मधेस आन्दोलनको क्रममा  शहाद प्राप्त गरेका  विर शहिदहरु नाममा मोर्चाले गरेको निर्णय अनुसार आज साझै वीरगन्जको घण्टाघर चोकमा दिप प्रज्वलीत गरेका छन । दिप प्रज्वलीत कार्यक्रममा विभिन्न मधेशवादी दलहरुको नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो । तेश्रो मधेश आन्दोलनको क्रममा आजैका दिन वीरगन्जको विभिन्न स्थानमा प्रहरी प्रशासन द्धारा निर्ममता पूर्वक हत्या गरिएको थियो । सोहि दिनलाई सम्झदै मधेशवादी दलले आजको दिनलाई शोक दिवसको रुपमा मनाउन लागेका हुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले बुधबारदेखि दिवसको अवसरमा शहिद सप्ताह मनाउने निर्णय पनि गरेको छ । संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा  बुधबार वीरगन्जमा बसेको बैठकले तेस्रो मधेस आन्दोलनको क्रम्मा पर्साको सदरमुकाम वीरगन्जको विभिन्न स्थानमा राज्यद्वारा हत्या गरिएका विर शिहदहरुको सम्मानमा सप्ताह व्यपारी कार्यक्रम  गर्ने निर्णय गरेको हो ।

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article