Wednesday, 06 May 2026

शहिद सप्ताहका कार्यक्रम स्थगित

Must read

वीरगन्ज,१९ भदौं। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको पुर्व घोषित शहिद सप्ताह मनाउन बाकी कार्यक्रमलाई मोर्चाले स्थगित गरेको छ । लगातार तीन दिन देखि भई रहेको  वर्षाका कारण प्रतिकृत मौसन बन्दै गएपछि बाकी रहेका सप्ताहका अन्य कार्यक्रलाई मोर्चा पर्साले आज एक प्रेस विज्ञप्ती प्रकासित गरी स्थगित गर्ने निर्णय गरेको हो ।

मोर्चामा अबद्ध संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले जारी गर्नु भएको  विज्ञप्तीमा मौसम प्रतिकुल भएकाले शहिद सप्ताह अन्तरगतका बाकी रहेका सबै कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरिएको उलेख गरिएको छ । मोर्चाले घोषणा गरेको भदौं १९ गते वीरगन्जको घण्टाघर चोकका विहान ८ बजे देखी  बेलका  ६ बजे सम्मा मधेस आन्दोलन वारे फोटो प्रदर्शनी, भदौं २० गते वीरगन्जको श्रीपुरमा स्थित ओम इन्टरनेशनल एकेडमीमा विद्यार्थीहरु बीच निवन्द प्रतियोगिता गर्ने र भदौं २१ गते वीरगन्जको घण्टाघर चोकमा मधेस आन्दोलनको क्रममा  शहाद प्राप्त गरेका  विर शहिदहरुको श्रधान्जली सभालाई भई रहेको भारी वर्षाका बीच सम्पन्न गर्न सम्भव नभएकाले अनुकुल परिस्थिती भएका बेला मनाउने गरी हालका लागि स्थागित गर्न मोर्चाले निर्णय गरेको अध्यक्ष यादवले बताउनु भयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article