Wednesday, 06 May 2026

मधेशी मोर्चाद्वारा तीन दिने विरोधका कार्यक्रम घोषणा

Must read

वीरगन्ज २० भदौ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तीन दिने विरोधका कार्यक्रमहरु घोषणा गरेको छ ।आइतबार मधेशी मोर्चाको सचिवलयले एक प्रेस विज्ञप्ति जारी गर्दै तीन दिने विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।साथै मोर्चाले प्रथम साहादत दिवस पनि मनाउने निर्णय गरेको छ । साहादत प्राप्त गरेकै दिनमा र सोही स्थानमा प्रथम साहादत दिवस मनाउन मोर्चाले जिल्ला कार्य समितिहरुलाई निर्देशन दिएको छ ।त्यस्तै, संविधान जारी भएको विरोधमा मोर्चाले घोषणा गरेको तीन दिने विरोध कार्यक्रम अन्तरगत असोज दुई गते प्रत्येक जिल्लामा वर्तमान राजनीतिक परिस्थित र हाम्रो संघर्षका विषयमा जानकारी गराउने निर्णय गरिएको छ ।यसैगरी संविधान जारी भएको दिन असोज ३ गते जिल्ला सदरमुकामहरुमा कालो झण्डा कालो पट्टी बाँधनुका साथै दिउँसो प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । साँझ साढे सात बजेदेखि आठ बजेसम्म बत्ति निभाएर अध्यारो गरी विरोध गर्ने निर्णय गरिएको छ ।त्यस्तै, आसोज ४ गते मंगलबार साँझ जिल्लाको विभिन्न स्थानमा भेला भई मैनबत्ती प्रज्वलन गर्ने कार्यक्रम रहेको मोर्चाका नेता बृषेश चन्द्रलालले हुलाकी न्यूजलाई बताएका छन् ।यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा संविधान जारी भएको दिनको सम्झनामा तीन दिने विशेष कार्यक्रमको घोषणा भइसकेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article