माथिल्लो त्रिशूली– १ सँग बिजुली किन्ने सम्झौता

0
886

काठमाडौं, माघ १४ नेपाल विद्युत प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशूली– १ को बिजुली किन्ने सम्झौता गरेको छ। प्राधिकरण र आयोजनाबीच आइतबार सम्झौतामा हस्ताक्षर भएको हो।

गत बिहिबार बसेको सञ्चालक समितिको बैठकले आयोजनाको बिजुली सुख्यायाममा प्रतियूनिट ८.४० र वर्षायाममा ४.८० रुपैयाँमा किन्ने गरी उर्जा खरीद सम्झौता (पिपिए) गरेको थियो।

आयोजनाको प्रर्वद्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टले पर्फर्मेन्स ग्यारेन्टीवापत् २१ करोड ६० लाख रुपैयाँ बुझाएपछि सम्झौतामा हस्ताक्षर भएको घिसिङले जानकारी दिए।

अमेरिकी डलर र नेपाली मुद्रामा भुक्तानी हुनेगरी मिश्रित सम्झौता भएको हो।

प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली–१ ले उत्पादन गरेको बिजुली बापत बढीमा दश वर्ष वा व्यवसायीक विद्युत उत्पादन सुरु भएदेखि ऋण चुत्ता अवधि (पे–व्याक पिरियड) जुन अघि हुन्छ सोही अवधिसम्मका अमेरिकी डलरमा भुक्तानी दिने छ। त्यसपछि नेपाली रुपैयाँमै भुक्तानी हुने घिसिङले जानकारी दिए।

पीपीए गरिने दिनका लागि नेपाल राष्ट्र बैकले तोकेको डलरको सटही मूल्य स्थिर रहने छ विनिमय दरको कारण कुनै अतिरिक्त भार वा नोक्सानी पर्न गए हेजिङ फण्डबाट भुक्तानी हुने छ।

डलरमा भुक्तानी गर्दा पनि नेपाली रुपैयाँ सरह नै भार पर्ने र त्यसबाट उत्पन्न हुने जोखिम न्यूनिकरणका लागि हेजिङ फण्ड बनाइने छ। नेपाल राष्ट्र बैंकले नियमन गर्ने उक्त फण्डमा आयोजना, प्राधिकरण र नेपाल सरकारको योगदान हुने छ।

प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला आयोजनास“ग विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुत्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति लिएको छ । सोही अनुसार यो आयोजनासँग सम्झाैता गरिएको घिसिङको भनाइ छ।

यसअघि प्राधिकरणले खिम्ती (६० मेगावाट), माथिल्लो भोटेकोसी (४५ मेगावाट, तल्लो सोलु (८२मेगावाट), माथिल्लो मस्र्याङदी ए (५० मेगावाट), कोबेली ए (३७.६ मेगावाट) र रसुवा–भोटेकोसी (१२० मेगावाट)जलविद्युत आयोजनाहरुका लागि अमेरिकी डलरमा भुक्तानी गर्ने गरी पीपीए गरेको छ । उक्त आयोजनाहरुमध्ये सञ्चालनमा आइसकेका खिम्ती, भोटेकासी र माथिल्लो मस्र्याङदी एको हालको पीपीए दर प्रति युनिट क्रमश: रु १०.९५, ११.१६ र ७.३५ रहेको छ । खिम्तीको रोयल्टी समेत प्राधिकरणले तिर्दे आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here