Thursday, 07 May 2026

रौतहटमा गोली चल्यो, एक व्यक्ति घाइते

Must read

रौतहट, माघ १५ रौतहटको राजपुर नगरपालिकाको बैरिया टोल नजिकै सोमबार बिहान गोली लागेर एक व्यक्ति घाइते भएका छन्।

एउटै पेशा गर्दै आएका साथीले नै अर्को साथीलाई गोली हानेर घाइते बनाएको प्रहरीको भनाइ छ। राजपुर नगरपालिकाको भगवानपुरघाटमा बिहान करीब ९ बजे राजपुर नपा ९ का ३५ वर्षिय शेष सैफुल्लाहलाई गोली लागेको हो।

सैफुल्लाहको कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको छ।

गाईभैसी व्यापारी सैफुल्लाहलाई उनकै साथी अब्दुल खालिदले बोलाएर गोली हानेर भागेको प्रहरीले जनाएको छ। दुवैजना व्यापारी रहेको र किन गोली हानेको हो? बुझ्न नसकेको घाइते सैफुल्लाहले बताएका छन्।

गौर अस्पतालमा गोली निकाल्न नसकेपछि उनलाई थप उपचारको लागि वीरगंज पठाइएको छ।

घटनाका आरोपीको खोजी भैरहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article