Thursday, 07 May 2026

प्रचण्ड भेट्न खुमलटार पुगे विष्णु पौडेल

Must read

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।
प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पार्टीभित्रको गतिरोध अन्त्यबारे छलफल भएको बताइएको छ।
गत २७ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए।
प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओली पक्षधर नेताहरूले फिर्ता लिनुपर्ने बताउँदै आएका छन्।
प्रधानमन्त्री निकट सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले सार्वजनिक रूपमै प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका छन्।
प्रधानमन्त्रीनिकट अन्य नेताहरूले पनि प्रचण्डको प्रतिवेदनले एकै ठाउँमा बस्न सक्ने खालको नरहेको समेत टिप्पणी गरेका छन्।
प्रचण्डले प्रतिवेदन फिर्ता नलिए मंसिर ३ को सचिवालय बैठक समेत प्रभावित हुन सक्ने बताइएको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article