Wednesday, 06 May 2026

निष्पक्ष भएर काम गर्दा कसैले दबाउन सक्दैन – प्रधानन्यधीस पराजुली

Must read

वीरगन्ज,माघ १७ सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले निष्पक्ष भएर न्यायसम्पादन गर्न निर्देशन दिएका छन् ।
बुधबार वीरगन्जमा सर्वोच्च अदालतद्वारा आयोजित न्यायमा सहज पहुँचका लागि स्थानीय न्यायिक समितिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधान न्यधिस पराजुलीले निष्पक्ष भएर कार्यगर्दा कसैबाट पनि दबाउन नसकीन बताए ।
‘न्यायकर्ता जहिले पनि विसंगति र विकृत्तिविहीनबाट टाढा रहनु पर्दछ । , समाज विभिन्न किसिमका चहलखेलहरु भइरहेको बताउदै उनले भने, त्यो सबको व्यवस्थापन गर्ने कानुनी शाशन हो, विधिको पालनानै हो ।
उनले समाजमा हल्ला गर्ने, झुठो कुरा फैलाउने, निहीत स्वार्थका लागि कानुन हातमा लिने र दिनभरि अरुको एजेन्ट भएर पैसा कमाउने, फेसबुकमा झुठा कुरा फैलाएर रमाउने व्यक्तिहरु रहेकोले त्यसबाट सर्तक रहेर न्यायदिन सहभागीहरुलाइ निर्देशन दिए ।

चीनजस्तो विकसित देशमा कानुनी दलालहरु सक्रिय रहेको उदाहरण दिँदै प्रधानन्यायाधीश पराजुलीले भने, ’हाम्रो देशमा पनि ‘ल ब्रोकर’ छन, कानुन हातमा लिनेहरु रवाफ जमाउने कोसिस गर्छन छन् ।’तर त्यसता दलालबाट सावधान रहेर न्याय सम्पान गर्न उनले बताए ।

स्थानीय तहमा निर्वाचित पर्सा, बारा र रौतहटका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका उप्रमुख र उपाध्यक्षहरुको उपस्थित रहेको अन्तरक्रिया कार्यक्रममा उनले न्याय निरुपणका लागि त्याग, ठूलो भावनाका साथ अगाडि बढदा ठुलो स्थानिय तहमा ठुलो परिवर्तन आउन सक्ने धारणा बताएका थिए ।

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article