Wednesday, 06 May 2026

चरेस तस्करीमा महिला प्रयोग बढदै

Must read

वीरगन्ज,माघ १७ वीरगन्ज,माघ १७लागु पदार्थ चरेस तस्करीमा महिलाको प्रयोग बढेको पर्सा प्रहरीले जनाएको छ ।चरेसको कारोवारीहरुले  २ हजार प्रति खेपमा काखेबच्चा सहित महिलाहरुलाइ प्रयोग गर्नथालेको खुलासा भएको पर्सा प्रहरीले जनाएको छ । नेपालबाट भारत चरेसको तस्करी गर्दै आएको गिरोहलाइ पर्सा प्रहरीले पक्राउ गरेपछि कारोवारको नया तरिका खुलासा भएको हो ।  अनुसन्धानका क्रममा तस्कर नाइकेले गर्भवती र बच्चा भएका महिलालाई भरिया बनाएर चरेसको तस्करी गरिरहेको खुलेको छ , प्रहरी उपरिक्षक रेग्मीले भने , बच्चा सहित जिउमा लुकाएर चरेस लग्न सजिलो भएकोले उनीहरुले यो तरिका अपनाएको व्यान दिएका छन ।उपरिक्षक रेग्मीले भने‘ यो गिरोहमा अरु पनि संलग्न रहेको आशंका छ , हामीले अनुसन्धान गरिरहेका छौ।’वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाबाट मङ्गलबार प्रहरीले जिउमा चरेसको बटाबेरेर  भारत जादै गरेका दुईजना महिला सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चरेस तस्करीका मुख्य कारोबारी भारतको बिहार चनपटीयाका ६० वर्षीय जहुर आलम , वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाकी २० वर्षीया अपसना खातुन र इनर्वाकै २५ वर्षीया रेहाना खातुन रहेका छन ्। चरेश तस्करीका क्रममा पक्राउ परेकी अपसनाको साथमा आठ महिनाको काखे बच्चा पनि रहेको छ । चेकजाचको क्रममाउनीहरुको जीउबाट प्रहरीले आधा केजी तौलका २१ वटा प्याकेटमा रहेको १० केजी पाँच सय ग्राम तयारी चरेस बरामद गरेको हो ।
गोप्य सुचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले वीरगन्जको इनर्वामा मङ्गलबार साँझ पैदल हिडिरहेको अवस्थामा तीनै जनाको शरिर खानतलासी गर्दा चरेस पाइएको पर्सा प्रहरीले जनाएको छ।अपसाना र रेहनाको कम्मरमा लुकाइएको अवस्थामा क्रमश ः १० र ११ प्याकेट गरी कुल २१ वटा प्याकेटमा चरेस बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए।
जाहुरको साथबाट तीन हजार ९६९ भारतीय रुपयाँ , मोबाइल एक थान , भारतीय सरकारको आधार कार्ड एक थान तथा भारतीय सरकार आयकर विभागको पान कार्ड एक थान बरामद गरिएको उनले बताए ।  त्यस्तै विरगन्जको  आदर्शनगर चौकमा  भारत, बिहार, पश्चिमी चम्पारण, चनपटिया बस्ने बर्ष २३ को प्रमिला देवीले आर्थिक प्रलोभनमा परी प्लाष्टिकको झोलामा ला.औ.ईन्जेक्सन जम्मा ४५० पिस लुकाई  लगि रहेको अवस्थामा पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article