राजश्व छापामारीको बिरोधमा आन्दोलनको चेतावनी

0
968

वीरगन्ज,माघ १६ पर्साका सुनचांदी व्यवसायीहरुले पत्रकारसम्मेन गरी राजश्व अनुशन्धान इकाइ कार्यालयपथलैयाको छापामारीको विरोध जनाएका छन् । मंगलवार दिउसो वीरगन्ज पत्रकार महासंघ पर्साको कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा सुनचांदी पसलहरुमा राजश्व अनुशन्धान इकाइ कार्यालयले गरेको छापामारीले व्यापारीहरु आतंकित बनेको बताउदै त्यसको बिरोधमा कडा आन्दोलन गर्ने चेतावनी समेत सुनचांदी व्यवसायी सघंपर्साले दिएको छ । सघंका अध्यक्ष मुन्ना सर्राफको अध्यक्षतामा भएको सम्मपन भएको पत्रकार सम्मेलमा घटनाको बिरोधमा बुधबार पर्साका प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्र बुझाउने जानकारी गराइएको थियो ।राजश्व अनुशन्धान इकाइ कार्यालय पथलैयाले विगत दुइ महिना देखि वीरगन्जका विभिन्न व्यापारी प्रतिष्ठानहरुमा छापामारी गर्ने र पथलैया बोलाए आर्थीकरुपमा दुखदिने कार्यमात्र गरेकोले छापामारी राजश्व असुलिभन्दा दुखिदिने नियतले गरिएकोले आफुहरु आन्दोलनमा ओर्लेको सुनचादी व्यवसायीहरुको भनाइ रहेको थियो ।उहाहरुले सुनचांदी व्यवसायी मात्र नभइ वीरगन्जका सबै व्यापारीहरु छापामारीबाट आतंकित भएकोले व्यापारको सहि वातावरण सृजना नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here