Wednesday, 06 May 2026

सुन्दर सावित्री स्मृति पत्रकारिता पुरस्कार हिमालय टि.भी.का ब्युरो प्रमुख विजय कुशवाहालाई प्रदान

Must read

वीरगंज, माघ १४ यस वर्षको सुन्दर सावित्री स्मृति पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका क्षेत्रिय ब्यूरो प्रमुख विजय कुशवाहालाई प्रदान गरिएको छ । आज वीरगन्जको भिष्वा डा“डामा सुन्दर सावित्री स्मृति संस्था द्वारा आयोजना गरिएको दोश्रो भगवान बुद्ध पुजा अर्चना तथा सम्मान कार्यक्रममा पत्रकार कुशवाहालाई १५ हजार नगद र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो ।पत्रकारिताको उत्थानकालागि वीरगंजबाट लामो समय देखि पत्रकारिता क्षेत्रमा कृयाशील रहि समाजलाई निरन्तर रुपमा सुशुचित गर्दै आएकोमा कुशवाहालाई कार्यक्रमको प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाकी उपमेयर सुश्री शान्ती कार्कीले पुरस्कार प्रदान गर्नु भएको हो । सुन्दर सावित्री स्मृति संस्थाकी अध्यक्ष रत्नेश्वरी गोर्खाली श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज बुद्ध समितीका अध्यक्ष वीर हर्ष शाक्य लगायतले आ–आफनो धारणा राख्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, सहसचिव निलिमा पौडेल, सचिव युवराज खडका, सदस्य संजिव मिश्रा ,पत्रकार बिक्रान्त नेपाल, अजय चौरसिया, राम कशुवाहा, श्याम कुशवाहा, फोटो पत्रकार उत्तम खडगी, जगत राई लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article