Tuesday, 05 May 2026

डच भलिबल संघसँग पाँच बुँदे सम्झौता

Must read

काठमाडौं, साउन

नेपालको राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन नेपाल आएका नेदरल्यान्डका प्रशिक्षक म्याट भान विजललाई स्वागत गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले स्वागत गरे। प्रशिक्षक विजल र नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान तरेल सोमबार विहान नेपाल आएका थिए।

स्वागत कार्यक्रममा नेपाल भलिबल संघ र नेदरल्यान्ड भलिबल संघबीच पाँच बुँदे सम्झौता भएको छ। पाँच बुँदे सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष शर्मा र नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान टरेलले हस्ताक्षर गरे। सम्झौतामा नेदरल्यान्ड भलिबल संघको सहयोगमा सन् २०१९ सम्म राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन प्रशिक्षक उपलब्ध गराउने, बल र नेटलगायतका सामग्री उपलब्ध गराउने, भौतिक पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने, दुवै राष्ट्रका खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजरका लागि पहल गर्ने र नेपाली प्रशिक्षकलाई तालिम दिने बुँदा समेटिएका छन्।

कर्यक्रममा विकास व्यवस्थापक टरेलले पाँचौं पटक नेपाल भ्रमणमा आएको जनाउँदै नेपाली भलिबललाई उचाईमा पुर्याउन नेदरल्यान्ड भलिबल संघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले नेदरल्यान्डबाट उपलब्ध गराउने सहयोगको पारदर्शीताका लागि दुवै संघका प्रतिनिधि रहने गरी समिति गठन गरिने बताए।

नेदरल्यान्डका प्रशिक्षक विजलले नेपाली टोलीको खेल युट्युवमा भिडियो हेरेको बताउँदै नेपाली टोली प्राविधिक रुपमा उत्कृष्ट रहेको बताए। उनले भौतिक पूर्वाधार निर्माणमा सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाए।

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article