रामदेवले दिए कोलगेटलाई कडा चुनौति

0
1036

 

भारत, साउन ९

योगगुरु रामदेव आफ्नो व्यवसायमा निकै अघि बढिसकेका छन्। उनको कम्पनी पतन्जली आयुर्वेदका उत्पादन भारत, नेपाल लगायत थुप्रै देशमा लोकप्रिय बन्नुका साथै व्यावसायीक रुपमा पनि निकै अघि बढिसकेको छ।रामदेवले बजारमा पहिलेदेखि बलियो पकड बनाएका कम्पनीका उत्पादनहरुलाई समेत चुनौति दिइसकेका छन्।
यसको पछिल्लो उदाहरण हो, कोलगेट।भारतमा कोलगेट ब्राण्डका ब्रस र मञ्जनको कारोबार गरिरहेको कम्पनी पामोलिभले आफूलाई रामदेवको उत्पादनका कारण ठूलो चुनौति भएको बताएको छ।कम्पनीका ग्लोबल सिइओ इयान कुकले हालै यो स्वीकार गरेका हुन्। भारतमा पतन्जलीको ‘दन्त कान्ती’ का कारण बजारमा कडा चुनौति भइरहेको उनले बताएका छन्।कोलगेटको कारोबार पछिल्लो १० वर्षमै सबैभन्दा कम भएको पनि कुकले जानकारी दिएका छन्। भारतीय समाचारमाध्यमका अनुसार मुम्बइमा भएको एक सम्मेलनमा फोनवार्ता मार्फत् कुकले यस्तो बताएका हुन्।भारतमा पतन्जलीकै कारण आफ्नो सेयर बजारमा गिरावट आएको र बजार खस्किँदै गएकाले अब आफूले नयाँ रणनीतिमा काम गर्नुपर्ने पनि कुकले बताए।बर्षौं पुरानो बहुराष्ट्रिय कम्पनी कोलगेटलाई भर्खरै आएको कम्पनी पतन्जलीले टक्कर दिएको हो। तर, विस्तारै पतन्जलीको पनि बजार वृद्धिदर कम हुँदै गएकाले यसबारे अहिले नै केही भन्न नसकिने वित्तीय विश्लेषकहरुले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here