Tuesday, 05 May 2026

चालक अनुमतिपत्र बिक्री गरेको आरोपमा चारजना सञ्चालक वीरगन्जबाट पक्राउ

Must read

वीरगन्ज १४ भदौ वडा प्रहरी कार्यालय, श्रीपुरले चालक अनुमतिपत्रको लागि प्रशिक्षण लिएको प्रमाणपत्र बिक्री गरेको आरोपमा चारजना सञ्चालकलाई पक्राउ गरेको छ । जीप, कार, डिलेभरी भ्यान, टेम्पो, मिनी बस, ट्याक्टर चलाउन लाइसेन्स चाहिने र लाइसेन्स लिन प्रशिक्षण प्रमाणपत्र आवश्यक पर्ने हु“दा सञ्चालकहरूले नारायणी यातायात व्यवस्था कार्यालय अगाडि बिक्री गरिरहेको सूचना पाएर प्रहरीले पक्राउ गरेको वप्रका श्रीपुरका प्रनि ऋषिराज ढुगानाले बताए । पक्राउ पर्नेमा नारायणी ड्राइभिङ सेन्टरका सञ्चालक विकास बैठा, अधिकारी ड्राइभिङ सेन्टरका विमल अधिकारी, बाबा ड्राइभिङ सेन्टरका श्याम सिंह क्षत्री, श्रेष्ठ ड्राइभिङ सेन्टरका दीपक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मोटो रकम लिई नक्कली प्रशिक्ष्ँणपत्र बनाउने गरेको तथा ती ड्राइभिङ सेन्टरहरू यातायात कार्यालयबाट अनुमतिसमेत नलिएको प्रहरीको भनाइ छ । बाहिरबाट आएका व्यक्तिहरूलाई झुक्याई सो प्रमाणपत्र दिंदै आएको क्रममा प्रहरीले चारजनास“गै ड्राइभिङ सेन्टरको आवश्यक कागजात, प्रमाणपत्र, छाप–मोहर तथा फोटाहरू, अन्य व्यक्तिको नागरिकताहरू बरामद गरेको छ । लामो समयदेखि वीरगंजमा सञ्चालित एक दर्जनभन्दा बढी ड्राइभिङ सेन्टरहरूले नक्कली प्रमाणपत्र बनाइदिने र सोही आधारमा यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र पनि दिंदै आएको थियो । चारजना सञ्चालक पक्राउ परेपछि आज नारायणी यातायात व्यवस्था कार्यालयमा लाइसेन्स निवेदन दर्तासमेत रोकिएको छ । अन्य सञ्चालक फरार छन् । चालक अनुमतिपत्र लिन आएका विभिन्न जिल्लाका व्यक्तिहरू आज यातायात व्यवस्था कार्यालय अगाडि अलपत्र परेका थिए ।

श्रोत http://www.prateekdaily.com/2016/08/blog-post_982.html

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article