Wednesday, 06 May 2026

राष्ट्रिय युवा संघ नेपालको भेला वीरगंजमा सम्पन्न

Must read

वीरगंज,५ माघ : राष्ट्रिय युवा संघ नेपाल पर्साको आयोजनामा आज वीरगंजमा वृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । टाउन हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी महेश बस्नेतले प्रधानमन्त्री ओलीको कारण नेपालीको शिर ठाँडो भएको बताउनुभएको छ ।

पुर्व उद्योग मन्त्री समेत रहनु भएका बस्नेतले भारतिय हेपाहा प्रवृतिको अन्त्य गर्ने प्रधानमन्त्री ओलीको बिकल्प नभएको समेत प्रष्ट पार्नुभयो । पद ,पैसा र परिवारको लागि राजनिति गर्नेहरुको स्वार्थ पुरा नभएपछि प्रधानमन्त्री ओली बिरुद्ध षड्यन्त्र भएको बताउनुभयो ।

गलत मान्छेको हातमा सता दिनुभन्दा जनतामा जानु उत्तम भएकोले प्रधानमन्त्री ओलीले सदन बिघटन गरेको बस्नेतले दावी गर्नुभयो । बस्नेतले केपी ओली नेतृत्व गरेको नेकपानै संस्थागत र आधिकारिक भएको भन्दै निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो ।

बस्नेतले ओली नेतृत्वको सरकारले तराईमा गरेका असंख्यक राम्रा कामको प्रचार प्रसार गर्न समेत अनुरोध गर्नुभयो । उहाँले तोकिएकै मितिमा निर्वाचन हुने र सुर्य चिन्ह ओलीले नेतृत्वको नेकपाको नै हुुने बताउनुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा पर्सा अध्यक्ष प्रभु हजराले ओलीको नाममा नेकपालाई दुई तिहाई बहुमत प्राप्त भएकोे दावी गर्नुभयो । हजराले १५ बर्ष सम्म माधव नेपालले एमाले पार्टीको नेतृत्व गर्दा पार्टीको अवस्था जर्जर बनाएको आरोप लगाउदै ओलीले नेतृत्व लिएपछि नेपालमा कम्युनिष्टको शाख बढेको बताउनुभयो ।

यसैगरी नेकपा नेता सुन्दर कुर्मीले स्वार्थ पुरा हुन नसकेपछि नेकपा केहि नेताहरु अन्र्तघाती निर्णय लिएको आरोप लगाउनुभयो । कुर्मीले ओलीको लोकप्रियता देख्न नसकेर प्रचण्ड र माधवले षड्यन्त्र गरेको आरोप समेत लगाउनुभयो ।

उहाँले सडकमा भईरहेको नाटक मंञ्चन देखावटी मात्र भएको बताउनुभयो । कुर्मीले प्रचण्ड माधव समुह सदन बिघटनको बाहानामा चुनावी तयारीमा जुटेको दावी गर्नुभयो । यता कार्यक्रममा ओविसी पर्सा अध्यक्ष अकलेश साहको बिशेष पहलमा प्रमोद महतोको नेतृत्वमा ११ जना युवाहरु काँग्रेस र जसपा पाटी परित्याग गरि नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशी नेता कार्यकर्ताहरुलाई प्रमुख अतिथी महेश बस्नेत र केन्द्रिय सदस्य राजकुमार गुप्ताले फुलमाला एवं अबिर लगाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष महमद निजामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघका बरिष्ठ उपाध्यक्ष किरण पौडेल,सचिव अंजना अधिकारी,संघका मधेश व्युरो प्रमुख संजिव झा,सचिवालय सदस्य रामजी सापकोटो, लगायतको धारण राख्नुभएको थियो ।

कार्यक्रममा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रधुमन चौहान,जयप्रकाश थारु, केन्द्रिय सदस्य बसरुदिन अंसारी, बिशमभर शर्मा,प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, जिल्ला कमिटी सदस्य श्याम बन्जारा,  ईमरान हुसेन ,वडा अध्यक्ष राजेश गुप्ता, युवा नेता यशवन्त यादव, रामकिसोर सिंह पराग,रवि गुप्ता, हेमन्त तमाङ्ग, मेराजुल अंसारी, अकलेश साह ,हनिफ अंसारी, राजन साह लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा स्वागत राष्ट्रिय युवा संघका श्याम गुप्ताले गरेका थिए भने सहजीकरण संजिव मिश्राले गरेका थिए ।संभार दैनिक

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article