जिल्ला प्रहरी कार्यालय वीरगञ्ज नजिकै गोली प्रहारली प्रहार

0
858

वीरगंज ,फागुन १७ बुधबार राति अज्ञात व्यक्तिहरूले वीरगञ्जमा एक व्यापारीलाई गोली हानेका छन्। गोली प्रहारबाट पर्सा विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवा टोल बस्ने ३० वर्षीय उमेशप्रसाद चौरसिया घाइते भएका छन्।

चौरसिया धागो व्यापारी हुन्। वीरगञ्जको रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास कार्यालय नजिकै मोटरसाइकलमा आएका दुई जनाले गोली चलाउँदा उनी घाइते भएका हुन्।

पावर हाउसबाट महावाणिज्य दूतावास नजिकै रहेको घरमा पैदल आइरहेको बेला मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले गोली चलाएर भागेको उनका भतिजा दीपकप्रसाद चौरसियाले बताए।

‘मोटरसाइकलमा आएका युवाहरूले गोली चलाए ,म स्तब्ध भएँ । त्यसपछि काकालाई अस्पतालमा लिएर आयौ‘, उनले भने। पेटमा गोली लागेका चौरसियाको रक्तश्राव बन्द नभएपछि नारायणी उपक्षेत्रीय अस्पतालले राजधानी ‘रेफर’ गरेको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालय भन्दा सय मिटर पर मात्र रहेको छ ।

होलीको समयमा भारतीय दूतावास नजिकै रहेको स्थानमा गोली चलेपछि स्थानीय वीरगञ्जका व्यापारी पुन: त्रसित हुन थालेका छन्। घटनाको बारेमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। एसपी गणेश रेग्मीले घटनाबारे अनुसन्धान सुरु भएको र वीरगञ्जका सबै नाका सिल गरी गोली हान्नेहरूको खोजी भइरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here